शीर्षकहरू

रिलायन्स स्पिनिङ्ग मिल्सले कात्तिक २९ गते साधारण सभा गर्दै

रिलायन्स स्पिनिङ्ग मिल्सले कात्तिक २९ गते साधारण सभा गर्दै

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले कात्तिक २९ गते ३०औं वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय अमिर भवन, कमलादी, काठमाडौंमा गर्ने निर्णय गरेको छ । 

वार्षिक साधारण सभा सम्बन्धित सूचनामा कम्पनीले साधारण सभा हुने समय भने उल्लेख गरेको छैन् । सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 

सञ्चालक समितिको अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । सभाको विशेष प्रस्तावमा भने कम्पनी ऐनको दफा १०५ उपदफा १ को ग कार्यान्वयन गर्ने उल्लेख छ । उक्त दफाको उपदफामा कम्पनीको कर्मचारी वा आफ्नो वर्गमा एक लाख रुपैयाँ वा कम्पनीको विगत तीन आर्थिक वर्षको सरदर खुद मुनाफाको एक प्रतिशतले हुन आउने रकममध्ये जुन कम हुन्छ , सो रकमभन्दा बढी रकमको चन्दा , अनुदान वा दान दिन उल्लेख छ । 

यस कम्पनीले बुक विल्डिङ विधिबाट सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारी गरेपनि मूल्य उच्च भएको विरोधपछि हाल स्थगित अवस्थामा रहेको छ । सरकारको निर्देशनमानै कम्पनीको आईपीओ नेपाल धितोपत्र बोर्डले स्थगित गरेको हो । यस कम्पनीले सर्वसाधाणमा प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आईपीओ विक्री गर्न बोर्डबाटै अनुमति प्राप्त गरेको थियो । सर्वसाधारणतर्फको शेयरमध्ये १० प्रतिशत आरक्षित शेयर गत असार २७ गतेदेखि विक्री गर्न मिति तय भएपनि बोर्डको निर्देशनमै हाललाई निष्कासन स्थगित भएको हो ।