काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कात्तिक ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि १५औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । सभा होटेल क्रिष्टल पशुपती, ट्रेड टावर, गौशालामा विहान १०ः३० बजे हुनेछ ।
सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव अघि सार्दै त्यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । अन्य कम्पनीसँग मर्जरमा जाने संकेत पनि कम्पनीले गरेको छ ।
सभामा मर्जरमा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्तावमाथी पनि छलफल हुनेछ । साथै गत आर्थिक वर्ष ०८०÷८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित हुनुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।