एजेन्सी । अमेरिकामा राष्ट्रपतीय निर्वाचनका क्रममा धेरै मतदानस्थलमा बम विस्फोटको धम्की आएको विदेशी सञ्चारमाध्यमले समाचार बनाएका छन ।
अधिकारीहरूले यसमा रुसको संलग्नता रहेको आशंका गरेका बताइएको छ। अमेरिकाका निर्वाचन भइरहेका शहरहरु एरिजोना, जर्जिया, र पेन्सिलभेनिया सबैले बमको धम्की आएको रिपोर्ट सञ्चारमाध्यममा आएका छन् । जसका कारण त्यहा केहि समयका लागि मतदान समेत अवरुद्ध भएको थियो ।