काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा २९०० घटेको नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा तीन सय रुपैयाँले वृद्धि भएको छ । आज तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बुधबार चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको महासंघले जनाएको छ । बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको थियो ।