शीर्षकहरू

अमेरिका इलेक्सन : एक राज्यमा कमला र तीन राज्यमा ट्रम्प विजयी

अमेरिका इलेक्सन : एक राज्यमा कमला र तीन राज्यमा ट्रम्प विजयी

एजेन्सी । अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि जारी मतदान सकिन अब केही घण्टा बाँकी छ । ५३८ इलेक्टोरल भोट अर्थात् ५० राज्यका सिटका लागि मंगलबार नेपाली समय अनुसार अपराह्न ४ बजेदेखि मतदान सुरु भएको हो । प्रमुख राज्यहरूमा भोटिङ आज बिहान करिब ९ः४५ सम्म समाप्त हुनेछ।

हालसम्म ६ राज्यमा मतदान सकिएको छ । जसमध्ये ४ वटाको नतिजा आएको छ । यी मध्ये ३ राज्यमा ट्रम्प विजयी भएका छन् । उनी २३ इलेक्टोरल भोटका साथ अगाडि छन् । जबकि कमला ह्यारिस १ राज्यमा विजयी भएकी छन् । 

राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा छ । कमला विजयी भए २३० वर्षको इतिहासमा पहिलो पटक महिला राष्ट्रपति बन्ने छिन ।

यदि ट्रम्पले जिते भने उनी ४ वर्षपछि ह्वाइट हाउस फर्किनेछन् । कमला ह्यारिस हाल अमेरिकाको उपराष्ट्रपति हुनुहुन्छ भने ट्रम्प सन् २०१७ देखि २०२१ सम्म राष्ट्रपति भइसकेका छन् ।