काठमाडौं । कास्की जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेमाथि अनुसन्धान गर्न थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ।
मंगलबार जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले यस्तो अनुमति दिएको हो।
दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएकोले सोही दिनदेखि गणना हुने गरी यो तेश्रो म्याद थपिएको छ। प्रहरीले भने अनुसन्धानका लागि २५ दिनको समय मागेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान भइरहेको छ।
उनलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरामा लगिएको थियो।