शीर्षकहरू

तिहारपछि खुलेको शेयर बजारमा सामान्य अंकले गिरावट, चार कम्पनीको शेयरमा सर्किट

तिहारपछि खुलेको शेयर बजारमा सामान्य अंकले गिरावट, चार कम्पनीको शेयरमा सर्किट

काठमाडौं । तिहार पछि खुलेको बजार सामान्य अंकले घटेर बन्द  भएको छ । आज मंगलबार शेयर बजारको सूचकांक नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) ०.२१अंक घटेर बन्द भएको छ । आज नेप्से दुई हजार छ सय ७७ दशमबल ४० अंकमा पुगेर रोकिएको छ ।  तिहार अघि बुधबार बजार १४.४३ अंकले नेप्से परिसूचक घटेर बन्द भएको थियो । नेप्से दुई हजार ६७७.६२ बिन्दु रहेको थियो । 

 आज ११३ कम्पनीको शेयरमूल्य बढेकोमा १२४ कम्पनीको शेयरमा भने गिरावट आएको छ । चार वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेप्सेका अनुसार आज सुपर माइ हाइड्रो पावर, समाज लघुवित्त संस्था, युनाइटेड मोदी हाइड्रोपावर र गुराँस लघुवित्त संस्थामा पोजेटिभ सर्किट लागेको हो ।

आज ४ अर्ब २० करोड ५५ लाख बराबरको शयेर खरिद विक्री भएको नेप्सेले जनाएको छ । गत हप्ता बुधबार ५ अर्ब ९५ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएका थिए ।