काठमाडौं । अमेरिकाले डाइभर्सिटी भिसा(इडीभी)को २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गरेको छ । ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको समय दुई दिन थपेर ७ नोभेम्बरसम्म लम्ब्याएको छ ।
नेपाल स्थित अमेरिकी राजदूतावासले जारी गरेको सूचनाका अनुसार इडीभी भर्ने समय दुई दिन लम्ब्याएको हो । अमेरिकी दूतावासका अनुसार असोज १६ गते बुधबार राति ९स्४५ बजेदेखि डीभी कार्यक्रममा आवेदन खुलला गरिएको थियो ।
डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ । दूतावासल सामाजिक सञ्जालमा जारी गरेको सूचनामा योग्यता पुगेका नेपालीहरुले उक्त प्रक्रियामा भाग लिन पाउने जनाएको छ ।
एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एकभन्दा बढी आवेदन दिए अयोग्य ठहरिनेछन् ।