शीर्षकहरू

क्यानडाका हिन्दुमाथि हमला,ब्राम्पटन तनावग्रस्त

क्यानडाका हिन्दुमाथि हमला,ब्राम्पटन तनावग्रस्त

एजेन्सी । क्यानडाको ब्राम्पटनमा आइतबार एउटा हिन्दू मन्दिरमा झडप भएको छ । हिन्दू मन्दिरमाआएका मानिसहरूमाथि खालिस्तानी समर्थकहरूले आक्रमण गरेका हुन । आक्रमणकारीको हातमा खालिस्तानी झण्डा रहेको विदेशी सञ्चारमाध्यमले जनाएका छन । उनीहरुले मन्दिरमा उपस्थित मानिसहरुमाथि लाठी प्रहार गरेका थिए । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

घटनाको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रडोले निन्दा गरेका छन् । उनले सामाजिक सञ्जालमा भने, ‘ब्राम्पटनको हिन्दू मन्दिरमा आज भएको हिंसालाई स्वीकार गर्न सकिँदैन। प्रत्येक क्यानाडालीलाई आफ्नो धर्म स्वतन्त्र र सुरक्षित रूपमा अभ्यास गर्ने अधिकार छ।’ 

घटनापछि उक्त क्षेत्रमा तनाव छ । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । पिल क्षेत्रीय प्रहरी प्रमुख निशान दुराइप्पाले जनतालाई संयमता अपनाउन अपिल गरेका छन् ।ओटावास्थित भारतीय उच्चायोगले पनि यस सम्बन्धमा विज्ञप्ति जारी गरेर दुःख व्यख्त गरेको छ ।

भारतीय उच्चायोगले टोरन्टो नजिकैको ब्राम्पटनको हिन्दू सभा मन्दिरमा भारत विरोधी तत्वहरूले जानीजानी हिंसा गरेको बताएको छ। सांसद चन्द्र आर्य क्यानडामा निर्लज्ज हिंसक चरमपन्थको उदयलाई प्रतिबिम्बित गर्दै खालिस्तानी चरमपन्थीहरूले सीमा पार गरेका छन्। मन्दिरमा भक्तहरूमाथि खालिस्तानीहरूको आक्रमणले क्यानडामा कति गहिरो चरमपन्थी भएको देखाएको बताए।