काठमाडौं । आइतबार यस वर्ष भाइटीकाको साइत बिहान ११ः ३७ बजे परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११ः ३७ बजे भाइटीकाको साइत शुभ रहेको जनाएको छ ।समितिका अनुसार नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ ।
शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा गरिएको छ भने नेपाल संवत् ११४५ पनि प्रारम्भ भएको छ । कात्तिक २२ गते बिहीबार छठ पर्व परेको समितिले जनाएको छ ।