काठमाडौं । नेपालले अष्ट्रेलियालाई पराजित गर्दै हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा सेमिफाइनलमा प्रवेश गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १११ रन बनायो र ११२ रनको लक्ष्य अष्ट्रेलियालाई दिएको थियो । अष्ट्रेलियाले ५ विकेट गुमाएर १०० रन मात्रै बनायो ।
नेपालका लिग कप्तान सन्दीप जोराले १६ बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै ५१ रनको योगदान गरे । यस्तै लोकेश बमले ३३, विवेक यादव र राशिद खानले १२र१२ रन जोडेका थिए । नारायण जोशी एक रनमा नटआउट रहे ।
त्यस्तै, अष्ट्रेलियाका ज्याक उडले ५५ र अलेस रोसले १४ रन बनाए । नेपालको जितका लागि प्रतीश जिसी एक्लैले तीन विकेट लिए र उनी प्लेर अफ दी म्याच बने । यस्तै लोकेश बम र विवेक यादवले १र१ विकेट लिए ।अष्ट्रेलियाका ज्याक उडले २ विकेट लिए । समूह बीमा रहेको नेपाले यसअघि पहिलो खेलमा इंग्ल्यांडलाई पराजित गरेको थियो ।