एजेन्सी । अर्थशास्त्री तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार परिषद्का अध्यक्ष डाक्टर विवेक देबरायको ६९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उनी पेटको आन्द्राको संक्रमणबाट पीडित रहेको बताइएको छ ।
भारतको सुप्रसिद्ध पुरस्कार पद्मश्री पुरस्कार विजेता देबरॉय नीति आयोगका सदस्य समेत भइसकेका थिए उनले नयाँ पुस्ताका लागि सबै पुराणहरूको अंग्रेजीमा सहज अनुवाद गरेका थिए। डा डेब्रोयको प्रारम्भिक शिक्षा कोलकाताको नरेन्द्रपुरको रामकृष्ण मिशन स्कूलमा भएको थियो। यसपछि उनले कोलकाताको प्रेसिडेन्सी कलेज, दिल्ली स्कूल अफ इकोनोमिक्स र क्याम्ब्रिजको ट्रिनिटी कलेजबाट उच्च शिक्षा पूरा गरेका थिए ।
उनेको निधनपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेका छन्, ‘डाक्टर विवेक देबरॉय जी एक प्रतिभाशाली विद्वान थिए। उनी अर्थशास्त्र, इतिहास, संस्कृति, राजनीति, अध्यात्म र अन्य विविध क्षेत्रमा जानकार थिए। उनले आफ्ना कार्यहरूद्वारा भारतको बौद्धिक परिदृश्यमा अमिट छाप छोडे। सार्वजनिक नीतिमा आफ्नो योगदानको अतिरिक्त, उहाँले हाम्रा पुरातन ग्रन्थहरूमा काम गर्न र तिनीहरूलाई युवाहरूका लागि पहुँचयोग्य बनाएका थिए ।’