शीर्षकहरू

बेलायतमा रहेको सयौं टन सुन भारतले किन फिर्ता ल्यायो ?

बेलायतमा रहेको सयौं टन सुन भारतले किन फिर्ता ल्यायो ?

एजेन्सी । रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले धनतेरसको दिन १०२ टन सुन खरिद गरेको छ। बेलायतबाट भारतमा १०२ टन सुनको आयात भएको हो । बैंक अफ इङ्ल्यान्डबाट १०२ टन सुन भारतमा सारिएको छ । यसअघि आरबीआईले मे महिनामा बेलायतबाट १०० टन सुन आयात गरेको थियो । सेप्टेम्बरको अन्त्यमा, आरबीआईसँग कूल ८५५ टन सुन थियो । जसमध्ये ५१०.५ टन अहिले भारतमा राखिएको छ।

भारतीय रिजर्भ बैंकबाट सुनको माग गर्ने यो कदमले रणनीतिमा आएको परिवर्तनलाई देखाउँछ। बढ्दो भूराजनीतिक तनावका कारण भारतको केन्द्रीय बैंकले विदेशमा राखिएको सुन भारतमा ल्याइरहेको छ । 

भारतले सेप्टेम्बर २०२२ देखि २१४ टन सुन फिर्ता ल्याएको छ । सरकारी अधिकारीहरूका अनुसार यी सञ्चितिमा रहेको सुन आन्तरिक रूपमा राख्दा विश्वव्यापी तनावको बीचमा मुद्रास्फीति र अर्थतन्त्रको सुरक्षामा वृद्धि हुन्छ। यो सुन गोप्य रूपमा बेलायतबाट विमान र अन्य माध्यमबाट ल्याइएको हो ।