काठमाडौं । भारतका मिडियाले नेपालले छाप्न लागेको एक सय रुपैयाँका नोटको विरोध गरेका छन् । भारती मिडियामा नोटमा राख्न लागेको नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग लिएर विवादीत भूभागलाई नोटमा छाप्न लागेको भन्दै विरोध गरेका छन् ।
यस क्षेत्रलाई लिएर नेपाल र भारतबीच करिब ३५ वर्षदेखि विवाद छ । यसअघि नेपालले १८ जुन २०२० मा देशको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । यसमा पनि नेपाल तीनवटै क्षेत्र भारतको हिस्सा भनि उनीहरुले दावी गरेका छन । नेपालले संविधान संशोधन गरेर उक्त नक्सालाई लिपीबद्ध गरिसकेको छ ।
नेपालमा नोटको डिजाइन परिवर्तन गर्ने अधिकार नेपाल राष्ट्र बैंकलाई छ । तर, यसका लागि सरकारबाट स्वीकृति लिनुपर्ने हुन्छ । नेपालको मन्त्रिपरिषद्ले नोटको डिजाइनमा परिवर्तनलाई स्वीकृत गरेको थियो।
त्यतिबेला नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थिए । केपी शर्मा ओलीले यो सरकारलाई समर्थन गरेका थिए । साउन १२ गते ओलीले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । अहिले ओली प्रधानमन्त्री रहेका बेलामा उक्त नक्सा समेटिएको नयाँ नोट चिनीय कम्पनीलाई छाप्न दिएको भन्दै विरोध गरेका छन ।
भारत(नेपाल सीमा दुई नदीहरू द्वारा निर्धारण गरिएको छ, भारत, नेपाल र चीनको सीमानामा, नेपाल र भारतमा बग्ने काली वा महाकाली नदीको उद्गमस्थल हिमालयन नदीहरू मिलेर बनेको उपत्यका छ। यस क्षेत्रलाई कालापानी भनिन्छ। लिपुलेक पास पनि यहाँ छ। यहाँबाट उत्तर(पश्चिम तर्फ केही दूरीमा अर्को दर्रा छ, जसलाई लिम्पियाधुरा भनिन्छ।
सन् १८१६ मा ब्रिटिस र नेपालका गोरखा राजाबीच भएको सुगौली सम्झौतामा काली नदी हुँदै भारत र नेपालबीचको सीमा निर्धारण गरिएको थियो । सम्झौताअनुसार काली नदीको पश्चिमी क्षेत्र भारतको भूभाग मानिएको थियो भने नदीको पूर्वतर्फ पर्ने क्षेत्र नेपालको भएको थियो ।
दुई देशबीच काली नदीको उत्पत्ति अर्थात् कहाँबाट उत्पत्ति भएको भन्ने विषयमा विवाद हुँदै आएको छ । भारतले पूर्वी धारालाई काली नदीको उद्गमस्थल मानेको छ। जबकि नेपालले पश्चिमी धारालाई उद्गम धारा मानेको छ र यसै आधारमा कालापानी क्षेत्रमा दुवै देशले आ–आफ्नो दाबी गर्दै आएका छन् ।