शीर्षकहरू

दशरथ रंगशाला खेल हेर्न जाँदै हुनुहुन्छ झुक्केर पनि यी बस्तु नलैजानुहोला

दशरथ रंगशाला खेल हेर्न जाँदै हुनुहुन्छ झुक्केर पनि यी बस्तु नलैजानुहोला

काठमाडौं । नेपाल–बंगलादेशबीच साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल हुने दशरथ रंगशालामा सुरक्षा स्थिति कडा बनाएको छ ।  आज साँझ साढे ६ बजेदेखि हुने खेलमा दशरथ रंगशाला व्यवस्थापनक अखिल नेपाल फुटबल संघ (एन्फा) ले रंगशालामा जाँदा लैजान नपाइने सामानहरूको सूची सार्वजनिक गरेको छ।

दशरथ रंगशालामा लैजान नमिल्ने बस्तुहरुमा बन्दुक, छुरा तथा अन्य कुनै पनि धारिलो हतियार वा औजार, चुरोट, लाइटर, सलाई, मादक वा नशालु पदार्थ लैजान नपाइने भएको हो । ठूलो झोला पनि लैजान नपाइने भएको छ ।  सानो झोला भने सुरक्षा जाँच गरेपछि मात्रै पाइने एन्फाले जनाएको छ। 

मोटरसाइकलको हेल्मेट, बिना अनुमतिका ब्यानर, झन्डा, पोस्टर, पानी वा अन्य कुनै चिसो पेय पदार्थका बोतल वा क्यान, लेजर लाइट, छाता, लिपिस्टिक, नेलकटर, कैंची, काइँयो समेत लैजान रोक लगाएको छ । null