शीर्षकहरू

गरिमा विकास बैंकद्वारा नेपाली टिमलाई प्रति गोल १ लाख पुरस्कार दिने घोषणा

गरिमा विकास बैंकद्वारा नेपाली टिमलाई प्रति गोल १ लाख पुरस्कार दिने घोषणा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले २०८१ कार्तिक १४ गते बुधबार दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गईरहेको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली टिमलाई प्रति गोल १ लाख रुपैयाँको दरले पुरस्कार दिने घोषणा गरेको छ । 

बंगलादेश विरुद्धको फाईनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल १ लाख रुपैयाँ प्रदान बैंकले जनाएको छ । नेपालमा फुटवल खेलको विकास, प्रवद्र्धन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्य सहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । 

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।