शीर्षकहरू

ज्योति समूहको आन्तरिक विवाद झन पेचीलो बन्दै, ‘पद्म ज्योतिले घर बहाल नपाएको झुटो हो’

ज्योति समूहको आन्तरिक विवाद झन पेचीलो बन्दै, ‘पद्म ज्योतिले घर बहाल नपाएको झुटो हो’

काठमाडौं । ज्योति समूहको यस हस्पिटललाई खाली गराउन ज्योति समूह (पद्म ज्योति) को तर्फबाट भनी २०८१ कात्तिक ११ मा विभिन्न पत्रपत्रिका तथा अनलाईन मिडियाहरुमा विज्ञप्ति प्रकाशित गरिएको प्रति यस अस्पतालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 मासिक १,८०,००० रुपैयाँ बहाल बुझाउने गरी २०७१ सालदेखि पद्म ज्योतिको घरको क्षेत्रफल ज्योति समूहकै यस हस्पिटलले वहालमा लिएपछि उनले उपलब्ध गराएको (अन्य बहालवालाहरुले समेत बहाल जम्मा गर्ने गरेको) बैंक खातामा जम्मा गरेको हस्पीटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हस्पिटलले पटक पटक गरि चार करोड छत्तीस लाख तेइस हजार सात सय पचास रुपैयाँ वहाल अग्रिम पेश्की भुक्तानी गरेको जनाएको छ ।