काठमाडौं । साताको चौथौ दिन आज बुधबार दिन शेयर बजारको सूचकांक नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) सामान्य अंकले घटेर बन्द भएको छ । आज १४.४३ अंकले नेप्से परिसूचक घटेर बन्द भएको छ । मंगलबार नेप्से परिसूचक ४६.६९ अंकले बढेर दुई हजार ६९२.०५ बिन्दुमा बजार बन्द भएको थियो । आज नेप्से दुई हजार ६७७।६२ बिन्दुमा बन्द भएको छ ।
आज ७६ कम्पनीको शेयरमूल्य बढेकोमा १६४ कम्पनीको शेयरमा भने गिरावट आएको छ । ६ वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेप्सेका अनुसार आज गुँरास लघुवित्त संस्था, मिड सोलु हाइड्रोपावर, अप्पर स्याङजे हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावर, सानिमा जिअाँइसी इन्स्योरेन्स , एक्सेल डेभलप्मेन्ट बैंकको शेयरमा पोजेटिभ सर्किट लागेको छ । बुधबार ५ अर्ब ९५ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा छ ।