काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा नगद लाभांश वितरण गरिनेछ । अघिल्लो आवको मुनाफाबाट बैंकले ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।