काठमाडौं । नेपालले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाको एकदिवसीय खेलमा नेपालले स्कटल्याण्ड हराएको छ । मंगलबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको हो । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१.४ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा मात्र बनाउन सक्यो ।
स्कटल्याण्डका व्याट्सम्यानलाई रन बनाउन रोक्ने क्रममा सन्दीप लामिछानेले ३ विकेट लिएका थिए । त्यस्तै, करन केसी २, सोमपाल कामी २, गुल्सन झाले २ विकेट लिएका थिए भने आरिफ शेखले १ विकेट लिए । स्कटल्याण्डका तर्फबाट सबैभन्दा बढी मार्क वाटले ३४ रन बनाए ।
स्कटल्याण्डले दिएको १५५ को लक्ष्य नेपालले २९.५ओभरमा नै पूरा गर्यो । नेपालका लागि आरिफ शेखले ५१ रन बनाए । कुशल भुर्तेल २५ रन र गुल्शन झाले २५ रन बनाएका थिए । त्यस्तै, आसिफ शेखले २१ रन बनाए ।