शीर्षकहरू

स्ट्याण्डर्ड चार्टड बैंकले लाभांश घोषणा

स्ट्याण्डर्ड चार्टड बैंकले लाभांश घोषणा

काठमाडौं । स्ट्याण्डर्ड चार्टड बैंकले लाभांश घोषणा गरेको छ।  बैंकको सञ्चालक समितिको ४६४ औं बैठले २५.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कात्तिक १३ गते बसेको ४६४ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको आम्दानीबाट शेयरधनीहरुलाई ६.५० शेयर लाभांश र १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको नेपाल स्टक एक्सचेन्ज मार्फत बैंकले जनाएको छ। 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैक र बैकको आगामी बार्षिक साधारणसभाले  स्वीकृत गरेपछि तोकिएको मितिसम्म कायम शेयरधनीहरुले लाभांश पाउनेछन।