शीर्षकहरू

नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि टिकट बिक्री स्थगित

नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि टिकट बिक्री स्थगित

काठमाडौं । नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि टिकट बिक्री स्थगित गरिएको छ । साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल खेलको टिकट विक्रीमा रोक लगाएको हो  । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि टिकट बिक्री स्थगित गरिएको आज जारी गरेको सूचनामा उल्लेख छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको नेपाल र भारतबीच भएको सेमिफाइनलमा दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेको एन्फाले आरोप लगाएको छ  । माउन्ट एभरेस्ट इभेन्ट्सले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा टिकेटिङ अधिकार दिएको एन्फाले जनाएको छ । नेपाल र भारतबीचको खेलमा संघसँगको सम्झौताविपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै सत्य तथ्य छानविन गर्ने समेत विज्ञप्तिमा उल्लेख छ ।

दशरथ रंगशालको दर्शक क्षमता १५ हजार भएपनि आइतबारको खेलमा करिब १८ हजार ९ जना दर्शक उपस्थित रहेको बताइएको छ । रंगशालमा नेपाल र भारतको खेल हेर्न भरिभराउ दर्शक उपस्थित थिए ।