शीर्षकहरू

सामसङ स्मार्ट प्लाजा खुल्यो महाराजगञ्जमा

सामसङ स्मार्ट प्लाजा खुल्यो महाराजगञ्जमा

काठमाडौं । महाराजगञ्जमा सामसङ स्मार्ट प्लाजा खुलेको छ ।महाराजगञ्जस्थित हिम इलेक्ट्रोनिक्सको नयाँ सामसङ स्मार्ट प्लाजाको  सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम र हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले संयुक्त रुपमा गरे ।

शोरुमको उद्घाटनमा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाको पनि उपस्थिति थियो । अत्याधुनिक प्रविधिलाई अझ पहुँचयोग्य बनाउनका लागि सामसङले  इन्स्टा फाइनान्स मार्फत हुलास फिन सर्भ सँगको सहकार्यमा फाईनान्स सुविधा उपलब्ध गराउदै आएको छ जुन सामसङ प्लाजामा पनि लिन सकिने कम्पनीले जनाएको छ ।

साथै, एक्सचेन्ज सुविधाले सजिलैसँग नयाँ उत्पादनमा अपग्रेड गर्न अवसर प्रदान गर्छ र सुविधालाई अझ सरल बनाउने दाबी कम्पनीको छ ।