शीर्षकहरू

एमालेलाई मीनबहादुरले दिएको जग्गादान मुद्दामा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

एमालेलाई मीनबहादुरले दिएको जग्गादान मुद्दामा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले दिएको जग्गादानविरुद्धको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार उक्त जग्गादानविरुद्धको मुद्दामा सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश दिएको हो । अब संयुक्त इजलासमा अन्तरिम आदेश जारीका विषयमा छलफल हुनेछ ।

यसअघि अदालत प्रशासनले उक्त रिट दरपिठ गरिदिएपछि रिट निवेदन इजलासमा पुगेका थिए । पछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले इजलासबाटै व्याख्या हुनुपर्ने भन्दै दर्ता गर्न आदेश दिएको थियो।