शीर्षकहरू

एयर इन्डियाको जहाजमा बम राखेको सूचना, चेकजाँच हुँदै

एयर इन्डियाको जहाजमा बम राखेको सूचना, चेकजाँच हुँदै
फाइल तस्वीर

काठमाडौं । काठमाडौँबाट दिल्ली फर्किन लागेको भारतीय वायुसेवा एयर इण्डियाको जहाजमा बम राखेको सूचनापछि नेपालको सुरक्षा निकायले जाँच सुरु गरेको छ । आज दिउँसो २ बजे काठमाडौँमा अवतरण गरेको उक्त जहाजमा दिल्लीको एयर इन्डियाको कार्यालयबाट बम राखेको सूचना जानकारी गराएपछि जाँच सुरु गरिएको विमानस्थल स्रोतले बताएको छ ।

एयर इन्डियाको कार्यालयमा कुनै समूहले उक्त विमानमा बम राखेको सूचना दिएपछि कम्पनीले नेपालमा जानकारी गराएको हो । विमानबाट ५५ नेपालीसहित १५८ जना भारत जाने तयारीमा थिए । बम राखेको सूचना आएपछि यात्रुहरूलाई उतारेर जाँच सुरु गरिएको हो ।

विमान दिउँसो ३:५० मा भारत उड्ने तयारीमा थियो ।

यसअघि गत साता पनि दिल्लीबाट काठमाडौंका लागि उडेको भिस्तारा एयरलाइन्समा बम रहेको सूचना आएकोमा पछि चेकजाँच भएपछि उक्त सूचना अफवाह मात्रै रहेको खुलेको थियो ।