शीर्षकहरू

चुच्चे नक्सा राखेर ३ करोड नोट छाप्दै राष्ट्र बैंक, १ अर्ब २१ करोडमा चिनियाँ कम्पनीलाई ठेक्का

चुच्चे नक्सा राखेर ३ करोड नोट छाप्दै राष्ट्र बैंक, १ अर्ब २१ करोडमा चिनियाँ कम्पनीलाई ठेक्का

काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा समेटेर सय रुपैयाँका ३ करोड वटा नोट छाप्ने भएको छ । केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।

राष्ट्र बैंकले नोट छाप्नका लागि चिनियाँ कम्पनी एमएस चाइना बैंकनोट प्रिन्टिङ र मिण्टिङ कर्पोरेसनलाई ठेक्का दिएको छ । राष्ट्र बैंकले ८९ लाख ९६ हजार ५९२ अमेरिकी डलर (नेपाली रुपैयाँ १ अर्ब २१ करोड २६ लाख ५१ हजार बराबर)मा ठेक्का दिएको हो । उक्त ठेक्कामा छपाइका साथै डिजाइन, आपूर्ति, डेलिभरीसहित सम्बन्धि सबै सेवा समावेश गरिएको पनि राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रदीप राज पौड्यालले निर्देशिका अनुसार संशोधन र सुधार गरिएको र प्राविधिक रूपमा सप्रमाण न्यूनतम मूल्यांकन गर्ने उक्त कम्पनीलाई ठेक्का दिइएको जानकारी दिए ।

नेपालले २०७८ सालदेखि सिक्काहरूमा चुच्चे नक्सा राख्न सुरु गरेकोमा नोटमा भने पहिलो पटक समावेश गर्न लागेको हो । सरकारले गएको वैशाख २० गते १ सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो ।

nrb china.png