शीर्षकहरू

एनआइसी एशिया क्यापिटलद्वारा  ‘अफर फर सेल प्लेटफर्म’ सञ्चालनमा

एनआइसी एशिया क्यापिटलद्वारा  ‘अफर फर सेल प्लेटफर्म’ सञ्चालनमा

काठमाडौं । एनआईसी एशिया क्यापिटलले धितोपत्रको दोश्रो बजारमा सुचिकृत भएका तथा सूचिकृतका शेयरहरुको खरिद विक्रीका लागि अफर फर सेल प्लेटफर्म’ सञ्चालनमा ल्याएको छ ।  सोही सेवालाई थप  परिस्कृत गर्ने क्रममा नेपालमा सूचिकृत कम्पनीहरुको संस्थापक समूहको शेयर खरिद बिक्री गर्न निकै नै कानूनी प्रकृयाहरु पुरा गराउन सहयोग गर्ने कम्पनीले जनाएको छ । 

त्यसै गरी सूचिकृत नभएका पब्लिक कम्पनीहरुको संस्थापक समूहको शेयर समेत कारोवर गर्न निकै झन्झटिलो प्रकृया रहेको छ । त्यसका लागि  लगानीकर्ताहरुले चाहेको समयमा खरिदकर्ता तथा बिक्रीकर्ता नपाउँदा संस्थापक शेयरमा गरिएको लगानी फ्रिज भएर बसेको गुनासो लगानीकर्ताहरुबाट बारम्बार सुनिने गरेको छ ।  संस्थापक शेयर खरिद बिक्रीको लागि वान स्टप सोलुसन उपलब्ध गराउने मुख्य उद्देश्यका साथ एन आईसी एशिया क्यापिटलले ‘अफर फर सेल प्लेटफर्म’ ( अएफएस) सञ्चालनमा ल्याएको हो । 

संस्थापक समूहको शेयर बिक्री तथा खरिद गर्न चाहने लगानीकर्ताहरुलाई अनलाईन मार्फत कमन प्लेटफर्मबाट आफुले खरिद बिक्री गर्न खोजेको कम्पनीको विवरण रितपुर्वक क्यापिटलको वेभसाईट मार्फत उपलब्ध गराउनु पर्ने छ । उक्त विवरणको आधारमा क्यापिटलले सम्बन्धित कम्पनीको शेयर खरिदकर्ता वा बिक्रीकर्ता खोजि प्रचलित नियम कानुन अनुसार शेयर नामसारी सम्बन्धी आवश्यक प्रकृया अगाडी बढाउने कम्पनीले जनाएको छ ।