शीर्षकहरू

कारोबार रकमसँगै बढ्यो नेप्से

कारोबार रकमसँगै बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २७.४१ अंकले बढेको छ । आज ४ वटै सूचक र १३ वटै उपसमूहमा हरियाली देखिएकोमा दुई हजार ६४५.३६ अंकमा बजार बन्द भयो ।

यसदिन जानकी फाइनान्स र डोल्टी पावरको शेयरमा सर्किट लागेको छ भने रिभर फल्स पावरको ९.५४ र मेन्छियम हाइड्रोपावरको शेयर ९.१३ प्रतिशतले बढेको छ । यस्तै पिपल्स हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ६.०२ प्रतिशत गुमाएका छन् ।

आज नेपाल फाइनान्सको सर्वाधिक ३३ करोड ७९ लाख ८८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ । आइतबार ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको १ करोड १३ लाख ३४ हजार १७८ कित्ता शेयर कारोबार भएकोमा यसदिन ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बराबरको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर खरिदबिक्री भएको छ ।