शीर्षकहरू

टक्सारमा चाँदीका सिक्का लिनेको भिड, १० ग्रामको मूल्य २२ सय रुपैयाँ [फोटोफिचर]

टक्सारमा चाँदीका सिक्का लिनेको भिड, १० ग्रामको मूल्य २२ सय रुपैयाँ [फोटोफिचर]

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारदेखि बिक्री गरिरहेको चाँदीको सिक्का लिनेको भिड टक्सार विभागमा देखिएको छ ।  १० र २५ ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित चाँदीका मेडालियन बिक्री भइरहेका छन् । 

ती सिक्काको गाई मेडालियन १० ग्रामको २ हजार २०० तथा २५ ग्रामको ५ हजार ५०० रुपैयाँ रहेको छ । तिहारका लागि बिक्री सुरु गरिएकोमा चाँदी बिक्री भइरहे पनि असर्फी भने भोलि एक दिन मंगलबार मात्रै बिक्री हुनेछ । 

सुनको असर्फी २.५ ग्राम प्रति व्यक्ति एक थानका दरले पहिला आउनेलाई पहिलो प्राथमिकता दिने आधारमा १३ गते मंगलबार एक दिन मात्रै विक्री गर्ने नेपाल राष्ट्र बैकले जनाएको छ । सो दिन बैंकले बिहान ११ बजे देखि मौज्दात कायम रहेमा मध्यान्ह ४ बजेसम्म विक्री गर्ने जनाएको छ ।

आइतबारदेखि बिक्री सुरु गरिएका चाँदीको स्मारिका तथा मेडालियनकुभकनर बिहान ११ बजे देखि मध्यान्ह ४ बजेसम्म विक्री गरिनेछ । बैंकले प्रति व्यक्ति बढीमा पाँच थानसम्म दिने भएको छ ।

असर्फी चाँदीका स्मारिक र मेडालियन खरिदका लागि अनिवार्य रुपमा सक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपि पेश गर्नुपर्छ ।  असर्फी तथा मेडालियन खरीदको लागि नगद तथा क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ ।