शीर्षकहरू

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा  मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा  मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन कार्यक्रम सम्पन्न

काठमाडौं ।  सन नेपाल लाइफ इन्स्योरेन्सले आश्विन मसान्तसम्म नियुक्त हुने मार्केटिङ्ग मेनेजरहरुलाई इन्स्टलेसन प्रोग्राम टाइटलको ग्राण्ड कार्यक्रम गरेको छ । पोखरामा कात्तिक ९ र १० गते १ रात २ दिनको मार्केटिङ्ग म्यानेजर आयोजना गरेको हो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाईँ, ट्रेनर तथा लाइफ कोच रविन कटुवाललगायत प्रदेश प्रमुख तथा विभिन्न शाखा प्रमुखहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा देशैभरबाट ५०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

कार्यक्रममा कम्पनीको ब्राण्ड एम्बेसडर कुञ्जना घिमिरे(सुन्तली) ले अभिकर्तामार्फत सामाजिक रुपमा सेवा प्रदान गराउँदै व्यावसायिक रुपमा अर्थाेपार्जन गर्न सकिने बताएकी थिइन् । महिलाहरुले गृहिणीको रुपमा मात्र सिमित नरही व्यावसायिक रुपमा अभिकर्तामार्फत र आत्मनिर्भर र सामाजिक रुपान्तरण गर्न आग्रह उनले गरिन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्यालले  यस डिजिटल युगमा डिजिटल साक्षरताको महत्त्वबारे चर्चा गरेका थिए । उनले यस प्रतिस्पर्धात्मक युगमा डिजिटलाइजेसनले अभिकर्ताहरुलाई  सफल बनाउन कसरी मद्दत गर्न सक्छ भन्ने कुरामा मार्ग दर्शन पनि दिए।