शीर्षकहरू

सहकारी पीडितलाई न्याय दिई, वास्तविक  दोषीलाई कारबाही गर्न रास्वपाको साउदीको खबरदारी

सहकारी पीडितलाई न्याय दिई, वास्तविक  दोषीलाई कारबाही गर्न रास्वपाको साउदीको खबरदारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभागले साउदी अरवले साउदी स्थित नेपाली कुटनीति नियोग नेपाली राजदूतावासमा सहकारी पीडितको रकम फिर्तामा दबाब दिँदै ज्ञापन पत्र बुझाएको छ । विभागले नेपाल सरकारले यथाशिग्र कार्यन्वयन गर्नु पर्ने माग सहित नेपाली राजदूतावास रियाद, साउदी अरबका कार्यवाहक राजदूत डा. डमरु बल्लब पौडेल मार्फत नेपाल सरकारलाई ज्ञापन–पत्र बुझाएका छन् । 

विभागले सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समितिले दिएको प्रतिवेदनअनुसार सहकारी ठगीमा संलग्न वास्तविक व्यक्तिहरूलाई खोजि कार्य गरि कानुनी कारबाही गरी पीडित जनताको रकम फिर्ता गराउने कार्यमा सरकार बेखबर गुनासो गरेको छ ।  तर, सहकारीबाट कुनै पनि रकम अपचलनमा कुनै संलग्नता नभएको स्पष्ट प्रमाणित भइसकेको अवस्थामा पनि, जनताले ठुलो आशा राखेका रास्वपाका सभापति रबि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा धरपकड गरिएको घटना विभागले आपत्ति प्रकट गरेको छ ।  

विभागले छानबिन समितिले सहकारीबाट रकम अपचलनमा कुनै संलग्नता नभएको स्पष्ट प्रमाणित भईसकेका सभापति एवम् गृहमन्त्री रबि लामिछानेको तुरुन्त रिहा गरी न्यायिक प्रणाली मार्फत निष्पक्ष छानबिन गर्न माग गरेको छ । त्यस्तै, सहकारीको ८७ अर्बभन्दा बढी रकम अपचलन गर्ने दोषीहरुबारे विस्तृत छानबिन गरि कानुन अनुसार कारबाही गर्न माग गरेको छ । सहकारी र मिटर ब्याजी पीडितहरुको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयहरूमा हेल्प डेस्कको स्थापना गर्न समेत माग गरेको  छ । 

त्यस्तै, सरकारको तर्फबाट आवश्यक कदम चालेर सहकारी ठगीमा संलग्न व्यक्तिहरूलाई सत्यतथ्य छानबिन गरी कारवाही गर्न समेत आग्रह गरेको छ । भुटानी शरणार्थी प्रकरणमा संलग्न दोषीहरु माथि निष्पक्ष छानबिन गरि कानुन अनुसार कारबाही गर्न पनि आग्रह गरेको छ । 

ललितानिवास, बाँसबारी, टिकापुर जस्ता जग्गा प्रकरणमा संलग्न दोषीहरु माथि निष्पक्ष छानबिन गरि कानुन अनुसार कारबाही गर्न आग्रह गरेको छ । सत्तारुढ दल नेकपा एमाले र ललितानिवास जग्गा प्रकरणमा संलग्न व्यापारी बीचको जग्गा दान सम्बन्धी भष्ट्राचारजन्य अपराधको गहिरो छानबिन गर्न र २०४६ सालपछि भएका सम्पूर्ण भष्ट्राचारजन्य अपराधहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय विशेष छानबिन आयोग गठन गरि दोषीहरुलाई कडा कानुनी कारबाही गर्न आग्रह गरेको छ ।