शीर्षकहरू

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । आइतबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको मूल्य आज ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाादी व्यवसायी महासंघका अनुसार यसदिन सुन प्रतितोला एक लाख ६७ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।  लगातार सात दिनसम्म दिनदिनै नयाँ रेकर्ड बनाउँदै बढेको सुनको मूल्य बिहीबार सामान्य घटेको थियो । शुक्रबार स्थिर रही आइतबार पुन: एकैदिन एक हजार ४०० रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।

यसदिन चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आइतबार तोलामा दुई हजार ८५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज दुई हजार ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।