शीर्षकहरू

कर्णाली डेभलपमेन्ट बैंक पहिलो त्रैमाससम्म करिब २ करोड नोक्सानीमा

कर्णाली डेभलपमेन्ट बैंक पहिलो त्रैमाससम्म करिब २ करोड नोक्सानीमा

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड १ करोड ९८ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म ४ करोड ८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनी यस वर्ष भने नोक्सानीमा गएको हो ।

 यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज वापत्को रकम फिर्ता कम भएसँगै नोक्सानी भएको देखिन्छ । गत वर्ष इम्पेरमेन्ट चार्ज वापत्को रकम २ करोड ९८ लाख रुपैयाँभन्दा बढी फिर्ता पाएको कम्पनीले यस वर्ष ३६ लाख ४१ हजार रुपैयाँ मात्र फिर्ता पाएको हो । 

हाल कम्पनीको चुक्तापूँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ छ । रिटर्न अर्निग २० करोड ३४ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको गेडा कोष रकम भने १९ करोड ८ लाख रुपैयाँभन्दा बढी रहेको छ । पहिलो त्रैमाससम्म कम्पनीले गत वर्षभन्दा १५ दशमलव २३ प्रतिशत बढी ५ अर्ब २१ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह करिब १२ प्रतिशत बढी ३ अर्ब ८१ करोड ५५ लाख रुपैयाँभन्दा बढी छ ।

 गत वर्ष ४ दशमलव ७४ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ७ दशमलव २७ प्रतिशत पुगेको छ । यस अवधिसम्म ३ रुपैयाँ ९४ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ५० पैसा छ ।