शीर्षकहरू

सयपत्री फूल बिक्री गरेर दुईलाख आम्दानी

सयपत्री फूल बिक्री गरेर दुईलाख आम्दानी

दैलेख । सुर्खेत दैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल  फुलेका छन् । डुङ्गेश्वर गाउँपालिका–६ सिस्नेटारस्थित सो सडकमा सार्वजनिक यातायातमा आवत जावत गर्ने यात्रु ढकमक्क फुलेका दृश्य हेरेर मोहित हुन्छन् । निजी सवारी साधनमा यात्रा गरिरहेकाहरु त   रोकेर मनमोहक सो दृश्यलाई समाजिक सञ्जाल  टिकटक बनाउन एवं तस्विर लिन आतुर हुन्छन् । 

कृषक देवेन्द्र गोदारले तीन रोपनी क्षेत्रफलमा लगाउनुभएको फूलखेतीले यात्रुको आँखा खिचेको हो ।  उनले वर्षदेखि फूलखेती गरेका हुन । उनले भने “गतवर्ष नेपालगञ्ज–रुपैडियाबाट व्यापारीले फूल किनेको थाहा पाएपछि फूलखेती थालनी गरेँ ।”

उनले अघिल्लो वर्ष पनि दुई रोपनीमा सयपत्री फूल लगाए । उनले भने, “गतवर्षको फूल नोक्सानी बेहोर्नुपरेको थियो । त्यो अनुभवले यो वर्ष चाहिँ अलि ढिलो साउन अन्तिम सातामा लगाएकाले तिहारकै बेला ढकमक्क फुलेको छ ।” यस वर्ष कम्तीमा सात सय केजी फूल उत्पादन हुने र करिब रु दुई लाख आम्दानी हुने अनुमान उनले गरे ।

कृषि विकास कार्यालय दैलेखका प्राविधिक गणेशबहादुर शाहील जिल्लामा  फूलखेतीको संभावना राम्रो रहेको बताउछन। किसान देवेन्द्रले व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ ।  सडकको छेउमै भएकाले उत्पादन गरेको तरकारी जिल्ला सदरमुकाम दैलेख बजार, चुप्रा, डुङ्गेश्वर र सुर्खेतसम्म पनि पठाउन सजिलो समेत भएको छ ।  उनले तीन जनालाई रोजगारसमेत दिए । उनले भने, “ तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ । ” रासस