शीर्षकहरू

भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश

भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश

 

काठमाडौं  । साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । काठमाडौंको दरथरंशालामा भएको खेलमा भारतलाई ४-२ ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । ट्राइब्रेकर नेपालले ४ गोल लगाइयो भने भारतले २ गोल मात्र लगायो । 

रंगाशालामा भएको सेमिफाइनल खेलमा पेनाल्टी शुटआउटमा नेपालले भारतलाई पराजित गरेको हो। विवादले दुई पटकसम्म रोकिएको खेल एक-एक बराबरीमा खेल सकिएको थियो। पेनाल्टी शुटआउटमा नेपालले चार गोल गर्दा भारतले दुई गोलमात्रै गरेको हो। फाइनलमा नेपालले बुधबार बंगलादेशसँग खेल्नेछ। विवादका कारण अवरोध भएको खेल १७ मिनेट सम्म लम्बिएको थियो।

नेपाल र भारतबीच साफको सेमिफाइनलमा दोस्रो पटक प्रतिस्पर्धा भएको हो। सन् २०२२ मा दशरथ रंगशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई पराजित गरेको थियो। यद्यपि नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो। भुटान र बंगलादेशबीचको खेलमा भुटानलाई ७-१ ले हराएर फाइनलमा बंगलादेशले स्थान पक्का बनाएको छ ।