शीर्षकहरू

रेफ्री ओम चोकीका कारण साफ महिला च्याम्पियनसिप खेल विवादमा

रेफ्री ओम चोकीका कारण साफ महिला च्याम्पियनसिप खेल विवादमा

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र भारतबीचको दोस्रो सेमिफाइनलको खेल साफ महिला च्याम्पियनसिपको गलत निर्णयका कारण खेल विवादमा परेको छ । काठमाडौंको दरंगशालामा भइहरेको खेलमा भारतीय खेलाडीले गरेको गोललाई गोल दिएता पनि नेपालीले गरेको गोललाई मान्यता नदिपछि खेल विदादमा परेको हो । 

रेफ्रीले खेलका लागि आग्रह गर्दा पनि भारतीय खेलाडी नआएपछि नेपालले बल चलाएको थियो। जसमा भारतीय खेलाडी तयार हुँदै नेपालकी प्रिति राईले बललाई जाली चुमाएकी थिइन्। जसका कारण भारतले चर्को विरोध गरेको थियो। यससँगै खेल फेरि रोकिएको छ।

रेफ्री ओम चोकीले नै नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड दिएकी थिइन । भारतीय खेलाडीको फल्टमा नेपाली खेलाडीलाई रातो कार्ड दिएको भन्दै दर्शक आक्रोशित बनिरहेका बेलामा नेपाली खेलाडीले लगाएको गोललाई रेफ्री ओम चोकीले नै मान्यता नदिएपछि खेल नेी अन्यौलमा परेको छ । 

 सहायक रेफ्री छोडेन छिरिङले रेखाले भारतकी चोन्कीलाई फल गरेको भन्दै झण्डा उठाएकी थिइन्। रेखाले चोन्कीसँग बलका लागि जुझेकी थिइन्। जससँगै दुवै खेलाडी लडेका थिए। जससँगै नेपाली खेलाडी र दर्शक आक्रोशित बनेका थिए। जसका कारण दश मिनेट खेल रोकिएको थियो।