शीर्षकहरू

उडान अनुमति सकिएको थाई एयरल काठमाडौँमा, ३७ मिनेट होल्डपछि अवतरण

उडान अनुमति सकिएको थाई एयरल काठमाडौँमा, ३७ मिनेट होल्डपछि अवतरण

काठमाडौं । उडान अनुमति सकिएको थाई एयर एसियाको जहाज काठमाडौँ आएपछि ३७ मिनेट आकाशमै होल्ड भएको छ । शनिबारदेखि उडान अनुमति सकिएकाले उक्त जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले काठमाडौँमा अवतरण गर्न नदिएपछि लामो समय आकाशमै होल्ड भएको थियो ।

बैंककबाट काठमाडौँका लागि उडेको उक्त जहाज दिउँसो २ बजे अवतरण गर्ने तालिका भए पनि उडान अनुमति म्याद सकिएकाले सुरुमा अवतरण गर्न दिइएको थिएन । तर सुरक्षा र मानवीयताका आधारमा काठमाडौँमै अवतरण गर्न दिइएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

अनुमति पाएपछि दिउँसो २:३७ बजे करिब एक दर्जन फन्कोपछि उक्त जहाजले अवतरण गरेको हो ।