शीर्षकहरू

प्राइम बैंकले यस वर्ष नगद लाभांश मात्र वितरण गर्ने

प्राइम बैंकले यस वर्ष नगद लाभांश मात्र वितरण गर्ने

काठमाडौं ।  प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट नगद लाभांश मात्र वितरण गर्ने भएको छ । कात्तिक ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १९ अर्ब ४० करोेड २५ लाख ७५ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा नगद लाभांश कम्पनीले वितरण गर्न लागेको हो ।

 प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । यस वर्ष कम्पनीको लाभांश घटेको हो । गत वर्ष कम्पनीले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ दशमलव ९५ प्रतिशत नगद लाभांश गरी कल ८ दशमलव ९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।