शीर्षकहरू

सिद्धार्थ व्यवस्थित लगानी योजनको आकार बढ्यो

सिद्धार्थ व्यवस्थित लगानी योजनको आकार बढ्यो

काठमाडौं । सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार वृद्धि भएको छ । योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडले योजनको आकार १ अर्ब रुपैयाँदेखि बढाएर १ अर्ब ५० करोड रुपैयाँ कायम गरिएको जानकारी दिएको हो ।

योजनाको आकार बृद्धिका लागि नेपाल धितोपत्र बोर्डबाट योजना व्यवस्थापकले असोज २२ गते स्वीकृती पाएको थियो । साथै योजनाको इकाई विक्री गर्दा खुद सम्पत्ति मूल्यमा कट्टा गरिने १ दशमलव ५ प्रतिशत बहिर्गमन शुल्क इकाई खरीद गरेको एक वर्षपश्चात् छुट हुने व्यवस्था समेत भएको छ ।

यसअघि यो शुल्कमा छुट पाउन इकाई खरद गरेको तीन वर्ष अवधि कायम हुनुपर्ने व्यवस्था थियो । बहिर्गमन शुल्कमा छुटसम्बन्धि व्यवस्था कात्तिक ११ गतेदेखि लागू हुने जानकारी समेत योजना व्यवस्थापकले दिएको छ ।