शीर्षकहरू

मारूती सिमेन्ट्सको साधारण सभा कात्तिक २३ गतेका लागि सर्‍यो

मारूती सिमेन्ट्सको साधारण सभा कात्तिक २३ गतेका लागि सर्‍यो

काठमाडौं । मारूती सिमेन्ट्स लिमिटेडले कात्तिक ११ गतेका लागि बोलाएको साधारण सभा कात्तिक २३ गतेका लागि सारेको छ ।

कात्तिक ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चाडपर्वकाबीच शेयरधनीहरुको उपस्थिति नहुने देखिएकाले कात्तिक २३ गते बिहान ११ः३० बजे कम्पनीको रजिष्टर्ड कार्यालय , विराटनगरमा ३०औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गनुृका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीका आधारमा कर समेत ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि कम्पनीले गरेको छ । साथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरेको एक लाख रुपैयाँभन्दा माथीका रकम अनुमोदन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ ।

विभिन्न बैंकहरुबाट लिईएको ऋणको अनुमोदन पनि सभाले गर्नेछ । यस कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । प्रिमियम मूल्यमा आईपीओ निष्काशनको प्रस्ताव भने कम्पनीले गत वर्ष कात्तिक २१ गते सम्पन्न २९औं वार्षिक साधारणसभामार्फृत पारित गरिसकेको छ ।