शीर्षकहरू

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । लगातार सात दिनसम्म दिनदिनै नयाँ रेकर्ड बनाउँदै बढेको सुनको मूल्य बिहीबार सामान्य घटेको थियो भने शुक्रबार स्थिर रहेको थियो । आइतबार पुन: एकैदिन एक हजार ४०० रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

शुक्रबार प्रतितोला एक लाख ६६ हजार रुपैयाँले कारोबार भएको सुनको मूल्य आज तोलामा एक लाख ६७ हजार ४०० पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यसदिन चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार शुक्रबार तोलामा दुई हजार ९५ रुपैयाँले कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर प्रतितोला दुई हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।