शीर्षकहरू

कोशी प्रदेशमा बदली रही बाँकी प्रदेशमा आंशिक  बदली रहने

कोशी प्रदेशमा बदली रही बाँकी प्रदेशमा आंशिक  बदली रहने

काठमाडौं । देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक  बदली रहेको छ ।

 आइतबार  दिउँसो कोशी र बागमती प्रदेश लगायत देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशााखाशाले जनाएको छ ।

राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।कोशी र गण्डकी प्रदेशका पहाडी भू(भागका  एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।