शीर्षकहरू

केसी पक्षको जबर्जस्तीले एनआरएनए एकतामा असर पर्न सक्ने, विवादित संस्थामा प्रधानमन्त्री !

केसी पक्षको जबर्जस्तीले एनआरएनए एकतामा असर पर्न सक्ने, विवादित संस्थामा प्रधानमन्त्री !

काठमाडौं  । विवादको घेरामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को ‘ग्लोबल’ले सम्मेलन गर्ने भएकोछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।एकता महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयले पत्र पठाएकै समयमा एनआरएनएको ठा बद्री केसी पक्षले साधारण सभा गरेर छाड्ने घोषणा गरेको छ ।

२०७८ चैतदेखि विवादमा फसेको एनआरएनएलाई मिलाउन भनेर परराष्ट्रले सर्वोच्च अदालतको फैसलाअनुसार पूर्वअध्यक्ष शेष घलेलाई जिम्मा दिएको छ । तर,एक पक्षीय रुपमा बालुवाटारस्थित सचिवालयबाट कामकारबाही गर्दै आएको केसी पक्षले साधारण सभा रोक्न अस्वीकार गरेको हो ।

 केसी पक्ष एकपक्षीय रूपमा अघि बढेपछि तीन चिरामा विभक्त एनआरएनएको एकतामा असर पर्न सक्ने अभियन्ताहरूको भनाइ छ । यता, विवादमा रहेको संस्थाको कार्याक्रममा प्रधानमन्त्री जाने भएपछि प्रधानमन्त्रीको समेत आलोचना हुन थालेको छ ।  केसी पक्षको उक्त कार्यक्रम विवादित बनिरहेको प्रधानमन्त्री केपी ओली भने त्यसलाई बेवास्ता गर्दै सहभागी बन्न लागेका छन् । 

 परराष्ट्रमन्त्री आरजु राणाको निर्देशनमा कात्तिक १ गते एकताको महाधिवेशन गर्न भन्दै पत्राचार भएको थियो । सोहि संयुक्त सरकारका प्रधानन्त्रीले भने परराष्ट्रमन्त्रीले एकताका लागि पत्र पठाउन लगाउने र अर्कातिर आफै नै अर्को समूहको कार्यक्रममा जान लाग्नुले प्रधानमन्त्रीका कारण एनआरएनमा तरङ्ग उत्पन्न भएको छ ।

कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने र सातवटा प्लेनरी सत्र रहने एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ । साधारणसभामा सहभागी हुन विभिन्न देशबाट प्रतिनिधि काठमाडौँ आइसकेका छन् । 

कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पिएनआ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणसम्बन्धी विषयमा छलफल हुनेछ ।

दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा तथा नेपाल पर्यटन प्रवर्द्धन नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिकालगायत सत्रहरू रहनेछन् ।