शीर्षकहरू

१ करोड ८६ लाखभन्दा बढीको औषधि पक्राउ

१ करोड ८६ लाखभन्दा बढीको औषधि पक्राउ

काठमाडौं ।  जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं ८ स्थित घण्टाघर चोकमा सुपप्र०१–००१ ख २६९९ र सुपप्र०१–००१ ख २६६१ नम्बरको मालबाहक ट्रकहरूमा खुद्रा तथा औषधी लोड गरेको ट्रक पक्राउ गरेको छ ।

साथमा रहेको विल विजक भन्दा बढीका खुद्रा तथा औषधी लोड गरी वीरगञ्जबाट कैलाली तथा बाँकेतर्फ लैजाँदै गरेको अवस्थामा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त ट्रक पक्राउ गरेको प्रहरीले जनाएको छ । 

उल्लेखित नम्बरको मालबाहक ट्रकहरू नियन्त्रणमा लिइ एक करोड छयासी लाख नौ हजार छ सय अठहत्तर रुपैयाँ बराबरका खुद्रा तथा औषधीहरु थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जनाएको छ।