शीर्षकहरू

तिहारको अवसरमा राष्ट्र बैंकले मंगलबार सुनको असर्फी विक्री गर्ने

तिहारको अवसरमा राष्ट्र बैंकले मंगलबार सुनको असर्फी विक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार पर्वका अवसरमा सर्वसाधारणको लागि सुनको असर्फी र चाँदीका सिक्का तथा मेडालियन विक्री गर्ने भएको छ । 

सुनको असर्फी २.५ ग्राम प्रति व्यक्ति एक थानका दरले पहिला आउनेलाई पहिलो प्राथमिकता दिने आधारमा १३ गते मंगलबार एक दिन मात्रै विक्री गर्ने नेपाल राष्ट्र बैकले जनाएको छ । सो दिन बैंकले बिहान ११ बजे देखि मौज्दात कायम रहेमा मध्यान्ह ४ बजेसम्म विक्री गर्ने जनाएको छ । 

चाँदीको स्मारिका तथा मेडालियन कार्तिक ११ गते देखि १४ गतेसम्म बिहान ११ बजे देखि मध्यान्ह ४ बजेसम्म विक्री गर्ने भएको छ । बैंकले प्रति व्यक्ति बढीमा पाँच थानसम्म दिने भएको छ । गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम विक्री गर्नेछ । 

असर्फी चाँदीका स्मारिक र मेडालियन खरिदका लागि अनिवार्य रुपमा सक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपि पेश गर्नुपर्नेछ । 

असर्फी तथा मेडालियन खरीदको लागि नगद तथा क्यूआर मार्फत भुक्तानी गर्न सकिनेछ । सुनको असर्फीको दररेट दैनिक रुपमा निर्धारण हुने भएकोले सोही दिनको ११ बजे पश्चात् मात्र टक्सार महाशाखाबाट विक्री कार्य सुरु हुनेछ । 

नेपाल राष्ट्र बैंकले चाँदीको स्मारिका सिक्का तथा मेडालियनको बिक्री मूल्य पूर्नमूल्याङ्कन गरी नयाँ बिक्री मूल्य कायम गरिएको छ । 

बैँकका अनुसार लक्ष्मी, गणेश र गजलक्ष्मी मेडालियन १० ग्राममा दुई हजार रुपैयाँबाट दुई हजार २०० रुपैयाँ बढेको छ । टक्सार यान्त्रिकरण १५ ग्रामको ४ हजार १०० बाट ४ जार ४००  रुपैयाँ पुगेको छ । राष्ट्र बैंक स्वर्ण वर्ष ३५ ग्रामको ७ हजार ७०० बाट ८ हजार ४०० रुपैयाँ पुगेको छ ।