शीर्षकहरू

साउदी र यूएईका लागि काउन्सिलर नियुक्त

साउदी र यूएईका लागि काउन्सिलर नियुक्त

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी र युनाइटेड अरब इमिरेट्स(युएई)का लागि काउन्सिलर नियुक्त गरेको छ । त्यस्तै, कतार र बहराइनका लागि श्रम सहचारी नियुक्त गरेको छ । साउदीका लागि उपसचिव तथा मन्त्रालयका प्रवक्ता कविराज उप्रेती नियुक्त भएका छन् भने युएईका लागि दीपेन्द्र पौडेल नियुक्त भएका छन् ।

कतारको श्रम सहचारीका लागि मन्त्रालयका शाखा अधिकृत प्रेम प्रसाद पोखरेल र बहराइन लागि शाखा अधिकृत सुनिता थापा नियुक्त भएकी छिन । हाल युएईमा दीनबन्धु सुवेदी, साउदी अरेबियामा देवेन्द्र कार्की काउन्सिलर  छन् । बहराइनमा जमुना काफ्ले तथा कतारमा कृष्ण पौडेल श्रम सहचारीको रूपमा कार्यरत छन् ।