शीर्षकहरू

भारत र चीनबीचको चार वर्षदेखि जारी तनाव विस्तारै अन्त्य हुँदै गएको हो ?

भारत र चीनबीचको चार वर्षदेखि जारी तनाव विस्तारै अन्त्य हुँदै गएको हो ?

एजेन्सी । भारत र चीनबीचको सीमामा विगत चार वर्षदेखि जारी तनाव अहिले बिस्तारै अन्त्य हुँदै गएको छ । दुई दिनअघि रुसको काजानमा प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच ब्रिक्स शिखर सम्मेलनका क्रममा द्विपक्षीय वार्ता भएको थियो । जसको असर अहिले सीमा क्षेत्रमा पनि परेको छ । यस अवधिमा भारतले आपसी विवाद र मतभेदलाई राम्ररी समाधान गर्नमा जोड दिएको देखिएको छ । 

चार दिनअघि भएको सहमति र मोदी जिनपिङको भेटपछि पूर्वी लद्दाखमा एलएसीमा सेना फिर्ता गर्ने काम सुरु भएको छ। देप्साङ र डेमचोकका स्थानीय कमाण्डरले विस्थापनको अनुगमन गरिरहेका छन् । यसैबीच, डेमचोकमा ठूलो विकास भएको छ । अहिलेसम्म दुवैतर्फबाट पाँचवटा पाल हटाइएका छन। 

बिहीबार रातिसम्म करिब आधा काम सकिएको भारतीय सञ्चार माध्यमले जनाएका छन । एकपटक सबै पाल र अस्थायी संरचनाहरू पूर्ण रूपमा हटाएपछि, संयुक्त प्रमाणीकरण प्रक्रिया सुरु हुनेछ। अहिले दुवै पक्षबीचको आपसी विश्वासको आधारमा सञ्चालन भइरहेको भए पनि स्थलगत र हवाई सर्वेक्षणबाट प्रमाणीकरण गरिनेछ ।