शीर्षकहरू

हिमालयन ब्रोकरेज कम्पनीले कात्तिक ३० गते साधारण सभा गर्ने

हिमालयन ब्रोकरेज कम्पनीले कात्तिक ३० गते साधारण सभा गर्ने

काठमाडौं । धितोपत्र दलाल व्यवसायीको रुपमा सञ्चालित हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडले कात्तिक ३० गने वार्षिक साधारण सभा गर्ने भएको छ ।

कात्तिक ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लेमन ट्रि, बुढानिलकण्ठ, काठमाडौंमा दिउँसो ३ बजे दोस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०÷८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 

प्रमुख कार्यकारी अधिकृतको तलव भत्ताका सम्बन्धमा आवश्यक निर्णय गर्ने प्रस्ताव गरेको कम्पनीले लाभांश समेत प्रस्ताव गरेको बताएको छ । तर कम्पनीले सार्वजनिक गरेको सूचनामा कति लाभांश भन्ने उल्लेख गरेको छ्रैन् ।