शीर्षकहरू

हिमालयन लघुवित्तले तीन महिनामा कमायो १ करोड ३४ लाख रुपैयाँभन्दा बढी नाफा

हिमालयन लघुवित्तले तीन महिनामा कमायो १ करोड ३४ लाख रुपैयाँभन्दा बढी नाफा

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड ३४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीले उल्लेख्य मात्रामा खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १० लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा ८९ लाख ९२ हजार रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको सञ्चालन नाफा १ करोड ९२ लाख रुपैयाँभन्दा बढी भएको छ । 

गत वर्ष यस अवधिसम्म कम्पनीको सञ्चालन नाफा १५ लाख ५२ हजार रुपैयाँ थियो । इम्पेरमेन्ट चार्ज गत वर्षभन्दा यस वर्ष कम भएको छ । गत वर्ष ६३ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष ११ लाख ७३ हजार रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ३१ करोड ९८ लाख १८ हजार रुपैयाँ रहेको छ । शेयर प्रिमियममा ४ करोड ५५ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम भने १२ करोड २३ लाख रुपैयाँभन्दा बढी रहेको छ । 

कर्जा सापटी ३ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको कर्जा प्रवाह भने ४ अर्ब २८ करोड रुपैयाँभन्दा बढी रहेको छ । गत वर्ष २ दशमलव ९२ प्रतिशत रहेको निष्क्रिय कर्जा य सवर्ष बढेर ३ दशमलव ७२ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी १६ रुपैयाँ ८८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १२२ रुपैयाँ ३१ पैसा रहेको छ ।