शीर्षकहरू

आईपीओ निष्कासन गर्ने तयारीमा एसके इनर्जी, साधारण सभा गर्दै

आईपीओ निष्कासन गर्ने तयारीमा एसके इनर्जी, साधारण सभा गर्दै

काठमाडौं । एस.के इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि मंसिर २ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय कोटेश्वर,काठमाडौंमा विहान ८ः३० बजे सुरु हुनेछ । 

आईपीओ निष्कासन गर्ने भएकाले पूँजी संरचना परिवर्तन गर्ने प्रस्ताव सभाका लागि तय गरिएको छ । आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । 
कर्जा सम्बन्धमा सभाले आवश्यक निर्णय गर्नेछ भने गत आर्थिक वर्ष ०८०÷८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि सभाले गर्नेछ ।